काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको आर्थिक समृद्धि र जनताले चाहेको विकास गर्न समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका हुन् । राजनीतिक परितर्वनसँगै समृद्ध नेपाल निर्माणका लागि सवै प्रतिवद्ध हुने समय आएको बताएका पनि उनले बताए ।
उनले युग सुहाउँदो मोडलमा मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्ने र यसका लागि सवै प्रतिवद्ध हुनुपर्ने बताए । प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सवैका लागि चासो र चिन्ताको विषय भएको जिकिर गरे ।
अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धिको बाटोमा अघि बढोस् भन्ने सवैको चाहना रहेको उनको भनाइ छ । प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरुलाई सदुपयोग गरेर २१ औं शताव्दीमा एकतासाथ साथ विकासको गति लिन सक्नुपर्ने उल्लेख गरे ।
