संसदीय समितिको प्रतिवेदनलाई लत्याएर ल्याएको नागरिकता विधेयक राष्ट्रिय स्वाधिनता विपरीत: पोखरेल

संसदीय समितिको प्रतिवेदनलाई लत्याएर ल्याएको नागरिकता विधेयक राष्ट्रिय स्वाधिनता विपरीत: पोखरेल


  • 6.5K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    संसदीय समितिको प्रतिवेदनलाई लत्याएर ल्याएको नागरिकता विधेयक राष्ट्रिय स्वाधिनता विपरीत: पोखरेल

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यष ईश्वर पोखरेलले संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधिनताको विपरीत भएको बताएका छन् । 

    images

    अनेरास्ववियु केन्द्रीय कमिटीले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पोखरेलले संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधिनताको विपरीत रहेकाले मान्य नहुने बताए । नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाई छ ।

    पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताए । संघीय संसदले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको उनको भनाइ छ । उनले केवल चुनावी स्वार्थका लागि विदेशीहरुसँगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएको आरोप लगाए ।

    यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उनले बताए । त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थीरताको प्रमुख कारक बनेको जिकिर गरे । उनले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको विरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताए ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप