• ट्रेण्डिङ्ग :
सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बालुवाटारमा सुरु

सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बालुवाटारमा सुरु


  • 7.3K
    SHARES
    • श्रावण ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बालुवाटारमा सुरु

    काठमाडौं । मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुको सिट बाँडफाँड कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

    images

    सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँडको टुंगो लगाउन कार्यदलको बैठक बसेको हो । आइतबार बसेको सत्तारुढ दलका शिर्ष नेताहरुमा कार्यदललाई सिट बाँडफाँडको टुंगो लगाउने जिम्मेवारी दिने निर्णय भएकाे थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । त्यस्तै कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
    कार्यदलले टुंग्याउन नसकेको सिट बाँडफाँडको विषय अन्तिममा दलका शिर्ष नेताहरुले टुंग्याउने दलहरुबीच सहमति भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन

  • तेस्रो आँखा
    लेखकबाट थप