भाषणबाटै सिटौलाले प्रदीप पौडेललाई भोट मागे

भाषणबाटै सिटौलाले प्रदीप पौडेललाई भोट मागे


  • 6.3K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    भाषणबाटै सिटौलाले प्रदीप पौडेललाई भोट मागे

    काठमााडैं, २४ मंसिर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । 

    images

    महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पौडेललाई अघि सार्दै भोट समेत मागेका छन् । 

    १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।

    उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए । 

    सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस  नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
    उनले धर्म निरपेक्ष देश नहुने भन्दै संविधानमा धर्म स्वतन्त्र राख्ने विषयमा कांग्रेसले पहल गर्नुपर्ने बताए । 
     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा