सांसदले सरकारलाई साेधे- राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

सांसदले सरकारलाई साेधे- राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?


  • 5.4K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    सांसदले सरकारलाई साेधे- राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

    sansad.jpg

    images


    काठमाडौं । अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आज ( मंगलबार) को बैठकको शुन्य समयमा सांसदहरुले वर्षौंदेखिको समस्या शीघ्र समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 

    भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिने गरी काम हुन नसकेको भन्दै सांसद लालप्रसाद सावा लिम्बुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सांसद लालबाबु यादवले विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको   गुनासो गरे । पाँचथरको रंगशाला निर्माणमा भइरहेको ढिलाईप्रति सांसद वसन्त नेम्वाङले तत्काल बजेटको प्रबन्ध गर्न माग गरेका छन् । 

    यसैगरी सांसद विमला विश्वकर्मा, शान्ता चौधरी र बिनाकुमारी श्रेष्ठले राष्ट्रपतिले पुनः विचारका लागि फिर्ता पठाएभएको नागरिकता विधेयक तत्काल प्रक्रियामा लैजान माग गरेका छन् । उनीहरुले पुनः छलफल गरेर राष्ट्रिय सहमतिसहित नागरिकता विधेयकलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।   

    सांसद शक्तिबहादुर बस्नेतले चौरजहारी विमानस्थलमा नेपाल वायु सेवा निगमले दिँदै आएको हवाई सेवा बन्द भएकाले त्यसलाई पुनः सञ्चालनका लागि पटकपटक आग्रह गरिएपनि सुनुवाई नभएको गुनासो गरे । प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउन सांसद सत्य पहाडीको माग थियो । सांसद डा. सूर्य पाठकले बाग्लुङको निर्माणाधिन सडकमा निर्माण व्यवसायीले प्रभावकारी काम नगरेका कारण स्थानीयबासीले दुःख पाएकोमा आपत्ति जनाए । 

    सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम शिघ्र सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद हितबहादुर तामाङले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि कुनै पनि योजना नहुँदा एक सय ७४ पटक सम्झौता भएपनि समस्या समाधान हुन नसकेकामा आपत्ति जनाए । सांसद हीरा गुरुङले पनि फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौं उपत्यका दुर्गन्धित भएको पाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।

    शून्य समयमा सांसदहरु सीताराम महत्तो, सरिताकुमारी गिरी, नारायण शर्मा खनाल, शिवमाया तुम्वाहाम्फे, विष्णु शर्मा, लालबहादुर थापा र लक्ष्मी परियारले विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # सांसद

  • तेस्रो आँखा