काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा स्थानीयहरू र प्रहरीबीच दोहोरो झडप भएको छ।
स्थानीयले फोहोर बोकेको गाडीलाई ढुंगामुढा र गुलेली हानेपछि प्रहरीले काउन्टरमा ५ राउण्ड हवाई फायर गरेको हो । सम्झाई बुझाई गरे पनि स्थानीयहरूले ढुंगामुढा धेरै गरेको कारणले अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरिएको काठमाडौंका प्रहरी प्रवक्ता दिनेशराज मैनालीका जानकारी दिए ।
