राजनीति सबै नीतिको मुख्य नीति भएकाले कसैले घृणा गर्नु हुँदैन : ओली

राजनीति सबै नीतिको मुख्य नीति भएकाले कसैले घृणा गर्नु हुँदैन : ओली


  • 6.6K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    राजनीति सबै नीतिको मुख्य नीति भएकाले कसैले घृणा गर्नु हुँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति ठिक भयो भने सबै क्षेत्र ठिक हुने बताएका छन् । 

    images

    मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको कार्यक्रममा अध्यक्ष ओलीले सबै क्षेत्रको नीति राजनीतिसँग जोडिएको हुनाले राजनीति अन्य सबै नीतिको मुल नीति र उदगम स्थल भएको बताए । सबै नीतिहरु ठिक हुनको लागि राजनीति ठिक बनाउनुपर्ने उनको भनाइ छ ।

    लोकतन्त्र जनताले गर्ने राजनीति भएकोले जनताले आफ्नो काम भोट हाल्ने मात्र ठान्न नहुने उनले स्पष्ट पारे । राजनीति देश बनाउने विषय भएकोले यसलाई घृणा गर्न नहुने उनले स्पष्ट पारे । राजनीति देशको समृद्धिको लागि, आम नागरिकलाई खुसी बनाउनको लागि, विश्वलाई सुन्दर र शान्त बनाउनको लागि गर्ने विषय भएको उनको भनाइ छ । 

    फरक प्रसंगमा ओलीले अहिलेको सरकारले केहि काम नगरेको आरोप लगाए । अहिलेको सरकारले संसद देखि सर्वोच्च अदालत सम्मलाई बेहाल बनाएको उनको भनाइ छ । उनले नेपालमा महिला नेतृत्व र विकास बढ्दै गएको बताए । 

     

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली

  • तेस्रो आँखा
    लेखकबाट थप