काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले डा. बाबुराम भट्टराई र आफू एकै ठाउँमा उभिएकोले अब कसैले रोकेर नरोकिने बताएका छन् ।
मंगलबार पेरिसडाँडामा भएको भट्टराईसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफूहरु एक ठाउँमा उभिएकाले अब कसैले रोकेर नरोकिने बताएका हुन् । उनले बाबुराम र प्रचण्ड एक ठाउँमा उभिने कुराको अर्थ निकै ठूलो रहेको पनि बताए ।
पार्टी एकता नभएपनि चुनावपछि एउटै केन्द्र बनाएर अगाडि बढ्ने सहमति भएको उनको भनाइ छ । भट्टराई र दाहालबीच मंसिर चारको निर्वाचनमा एउटै चुनाव चिह्न लिएर लड्ने सहमति भइसकेको छ ।
