• ट्रेण्डिङ्ग :
हामीलाई जंगल धपाउने षडयन्त्र भईरहेको छः विषम

हामीलाई जंगल धपाउने षडयन्त्र भईरहेको छः विषम


  • 5.1K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    हामीलाई जंगल धपाउने षडयन्त्र भईरहेको छः विषम

     खोटाङ । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’लाई जंगल धपाउने षडयन्त्रमा सरकार लागिरहेको सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ले बताएका छन्। एमसीसी र एसपीपीको विरोध गर्दा सरकारले महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रकाण्ड लगायतका नाममा पक्राउ पुर्जी जारी गरेर जंगल धपाउने षडयन्त्र गरिरहेको बताएका हुन्।

    images

    अमेरिकाको दक्षिण एसियाली मामिला हेर्ने विदेशमन्त्री नेपाल आउँदा नो एमसीसी, नो एसपीपी भन्दै कालो झण्डा देखाउँदा दर्जनबढी कार्यकर्तालाई सरकारले गिरफ्तार गरे। त्यसको विरोध गरेकै आरोपमा विप्लव, प्रकाण्डको नाममा ललितपुर अदालतले पक्राउ पुर्जी जारी गरेर अमेरिकनप्रतिको भक्तिभाव देखाए। मंगलबार दिक्तेलमा भएको पत्रकार भेटघाटमा बोल्दै उनले भने, पक्राउ पुर्जी जारी गरेरै नजिकिदै गरेको चुनावबाट समेत हामीलाई बिमुख बनाउन जंगल धपाउने षडयन्त्र भईरहेको छ।


    देशको सिमाना मिचिदा, देशलाई हस्तक्षेप हुंदा विरोध गर्ने, केवल हाम्रो पार्टी मात्रै छ। हाम्रो पार्टीलाई पाखा लगाउन सकियो भने, निर्वाद रुपले विदेशी शक्तिहरु आउन पाउने भए। हामीले अमेरिकनहरुको विरोध गरेको सरकारले देखि सहेन। उनले भने, पक्राउ पुर्जी नै जारी गरे। यसको पछाडी ठूलो षडयन्त्र छ भन्ने हामीलाई लागेको छ।

    करीव तीनदर्जन नेताको नाममा जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ताको माग गर्दै अल्टिमेटमका रुपमा भोली देशव्यापी रुपमा जिल्ला प्रशासन कार्यालयमाफर्त प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिईने पनि उनले जानकारी दिए।

    गठबन्धन सरकारले नेता कार्यकर्तामाथि जारी गरिएको पक्राउ पुर्जी तुरुन्त फिर्ता लिईयोस, केपी ओली सरकारको पालामा भएको तीनवुदे सहमति कार्यन्वयनमा ल्याईयोस। उनले थपे, पक्राउ पुर्जी यदि फिर्ता गरेन भने भोली यसबाट आउने परिणाम राज्यले लिनुपर्ने हुन्छ। पार्टी महाधिबेशनमा जुटेको बेला र चुनाव नजिकिएको बेला राज्यबाट यस्ता खालका कदमहरु चालिएकोमा सरकारलाई अल्टिमेट दिईएको उनको भनाई छ।
    पक्राउ पुर्जी फिर्ताको माग गर्दै भदौ ४ गते देशव्यापी रुपमा विरोध सभा गर्ने, ६ गते मसाल जुलुस निकाल्ने र ७ गते नेपाल वन्द गर्ने कार्यक्रम तय भएको जानकारी दिए। मंगलबार हलेसीमा भएको किरात राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय भेलाका लागि उनी खोटाङ आएका हुन्।

  • सम्बन्धित विषय:

  • # जंगल धपाउने षडयन्त्र

  • तेस्रो आँखा