काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा झापाबाट उम्मेदवारी दिने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । ‘फेरि प्रस्टयाउँ-वागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो !’, उनले लेखेका छन् ‘काठमाडौं ५ मा चुनाव प्रचारण्मा पुग्नेछुनै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’
अघिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।
