बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...


  • 5.3K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि...

    बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो ।  

    images

    डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् । उनले भने, “चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।” 

    उद्धार टोली आज बेलुकासम्म आइपुग्ने बताइएको छ । “त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ”, कँडेलले भने ।  

  • सम्बन्धित विषय:

  • # बैतडी

  • तेस्रो आँखा
    लेखकबाट थप