उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी


  • 7.8K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको हो ।

    images

    महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् । 

    महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी हुने बताइएको छ।

    इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन् । रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिरहँदा इतर पक्षले सभापतिको टुंगो लगाउन सकेको छैन । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा