• ट्रेण्डिङ्ग :
पैसा नभएकाे खाताको चेक काट्ने बुढाथोकी प्रहरी फन्दामा,४२ लाख जरिवाना

पैसा नभएकाे खाताको चेक काट्ने बुढाथोकी प्रहरी फन्दामा,४२ लाख जरिवाना


  • 5.1K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    पैसा नभएकाे खाताको चेक काट्ने बुढाथोकी प्रहरी फन्दामा,४२ लाख जरिवाना

    काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

    रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं– १० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैँकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौंमा पेस गरिने ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।


    तेस्रो आँखा