आउँदो चुनावमा माधव नेपालको पार्टी समाजवादीको उम्मेदवार बन्न यी ७ गुण हुनैपर्ने

आउँदो चुनावमा माधव नेपालको पार्टी समाजवादीको उम्मेदवार बन्न यी ७ गुण हुनैपर्ने


  • 5.7K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    आउँदो चुनावमा माधव नेपालको पार्टी समाजवादीको उम्मेदवार बन्न यी ७ गुण हुनैपर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो ।

    images

    समाजवादीले भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउनेछ ।

    यी हुन् मापदण्ड:
    १.पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
    २.पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
    ३.पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
    ४.आर्थिक र नैतिक आचरण राम्रो भएको,
    ५.जनतामा स्थापित र लोकप्रीय रहेको, 
    ६.स्वच्छ छवि र सुशासनको पक्षपाती,
    ७.कार्यक्षमता र सक्रियता राम्रो भएको

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा