• ट्रेण्डिङ्ग :
कार्यव्यवस्था परामर्श समिति बैठक : नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको माग

कार्यव्यवस्था परामर्श समिति बैठक : नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको माग


  • 7.2K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    कार्यव्यवस्था परामर्श समिति बैठक : नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको माग

    काठमाडौं । नेकपा एमालेले आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमाा नागरिकता विधेयक विषयत सहमतिमा पठाउन माग गरेको छ । 

    images

    राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाएको भन्दै एमाले नेताहरुले यसलाई राजनीतिक दाउपेचको रुपमा लिन नहुने बताएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकलाई विषयत समितिमा लगेर एक पटक छलफल गरेर ल्याउनुपर्नेमा जोड दिए । राष्ट्रपतिले चासो दिएको विषयलाई राजनीतिक शक्तिको आधारमा हेर्न नहुने र यसलाई गम्भिर रुपमा अध्ययन तथा छलफल गर्नुपर्ने उनको भनाइ छ । 

    संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो । नागरिकता विधेयकलाई आजै हुबहु पारित गर्ने तयारी सत्तारुढ गठबन्धनले गरेको छ । 

     

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप