काठमाडाैं । प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका नेता भिम बहादुर रावलले नागरिकताका सबै पक्षलाई अध्ययन गरेर पुनर्विचार गर्न पठाउनु संविधान अनुसार मात्र नभएर राष्ट्रपतिको दायित्व भएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक सम्बन्धी छलफलमा भाग लिँदै नेता रावलले यस्तो बताएका हुन् । उनले वास्तविक नागरिकले नागरिकता पाउनु र विदेशी नागरिकलाई बन्द गराउनु देशको हित भएको दाबी गरे ।
बिहे गरेर आउने महिलाको हकमा समय तोक्ने सहमति भएको तर हाल कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । बालुवाटारबाटै सबै निर्णय गर्ने भए संसदको के औचित्य ? भन्दै उनले प्रश्न गरे ।
उनले संसदमा एउटा कविता पनि सुनाए । कविता :
‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ,
नागरिकता जस्तो सस्तो छ सारै स्वाधिनता दाउमा छ ।’
