• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाले तुजुक देखायो : पूर्वसभामुख ढुंगाना

प्रतिनिधिसभाले तुजुक देखायो : पूर्वसभामुख ढुंगाना


  • 3.7K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    प्रतिनिधिसभाले तुजुक देखायो : पूर्वसभामुख ढुंगाना

    काठमाडौ .। बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले पुनःविचारका  लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टिक्का टिप्पणी सुरु भएको छ।

    images

    आइतबार पुनःविचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको छ। सत्ता पक्षका १३५ जना सांसदले मतदान गरेपछि विधेयक पारित भएको छ। संसदले राष्ट्रपतिले दिएका सुझावमाथि कुनै छलफल नै नगरी विधेयक पारित गरेपछि पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले तुजुक देखाएको टिप्पणी गरेका छन्।

    उनले संसदले राष्ट्रपतिको सुझावलाई मनन् गर्नै पर्ने जिकिर गरेका छन् त्यसो हुँदा लोकतान्त्रिक संस्कारको विकासमा निराशा बढेको टिप्पणी गरेका छन्। ‘प्रथमतः राष्ट्रपतिले नागरिक विधेयक फर्काइ दिएपछि पर्याप्त वा उचित समय दिएर खुल्ला मनले बुंदा बुंदा उपर हर दृष्टिकोणबाट पुनर्विचार गर्नै पर्दथ्यो, ढुंगानाले अगाडि भनेका छन्, ‘प्रतिनिधि सभाले त्यसो गरेको देखिएन । तुजुक जस्तो भयो । लोकतान्त्रिक संस्कार बिकास बारे निराशा बढायो।’

  • सम्बन्धित विषय:

  • # दमननाथ ढुंगाना

  • तेस्रो आँखा