सभापति उम्मेदवार चयन गर्न पौडेल समुहको बैठक बस्दै 

सभापति उम्मेदवार चयन गर्न पौडेल समुहको बैठक बस्दै 


  • 6.8K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    सभापति उम्मेदवार चयन गर्न पौडेल समुहको बैठक बस्दै 

    तेस्रोआँखा डेस्क
    काठमाडौँ,मंसिर २५ । 
    आफ्नो समुहको उम्मेदवारी चयन गर्न कांग्रेस संस्थापन इतर (पौडेल) समुहको बैठक पुनः बोलाइएको छ । बैठक बिहान बस्ने भनिएपनि बैठकको समय भने एकिन भएको छैन । यो समुहलाई सभापतिको उम्मेदवार छान्न निकै सकस भएको छ ।

    images

    रामचन्द्र पौडेललाई सभापतिको एक्लो उम्मेदवार बनाउने अन्य नेताहरुको प्रस्तावलाई नेता प्रकाशमान सिंहले मानेका छैनन् । सिंहले आँफू सभापतिमा भिड्ने अडान लिइरहेका छन् । गएराती पनि यो समुहको बैठक बसेको थियो । तर राती पनि सहमती हुन सकेन । आज उम्मेदवारी दर्ताको समय बिहान १० बजे देखिनै सुरु हुने भएकाले यो समुहलाई उम्मेदवार चयन गर्न दबाब परेको छ । 


    तेस्रो आँखा