काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनाेनयन दर्ताकाे समय तोकिएको छ ।
नेपाली कांग्रेसकाे विधान अनुसार केन्द्रीय सभापति पदको उम्मेदवारीका लागि ३० हजार रुपियाँ शुल्क तिर्नुपर्छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार अनि सहमहामन्त्रीका लागि २० हजार रुपियाँ शुल्क रहेको छ ।
केन्द्रीय सदस्य पदका लागि १० हजार रुपियाँ शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।