• ट्रेण्डिङ्ग :
सत्ता-गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा, सिट बाँडफाँटको टुंगो लगाउने प्रयास

सत्ता-गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा, सिट बाँडफाँटको टुंगो लगाउने प्रयास


  • 5.9K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सत्ता-गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा, सिट बाँडफाँटको टुंगो लगाउने प्रयास

    काठमाडौं । आगामी निर्वाचनमा सिटबाँडफाँटको टुंगो लगाउन सत्तारढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा केहि समय अघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत उपस्थित रहेका छन् ।

    गठबन्धनमा मंसिरमा हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषय टुंगो लगाउन नेताहरु कसरतमा लागिरहेका छन् । सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको भएपनि त्यसले पनि भागबण्डा टुंगो लगाउन सकेको छैन । 

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन

  • तेस्रो आँखा
    लेखकबाट थप