काठमाडौं । पदाधिकारी चयनबारे निर्णय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज शनिवार पनि बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।
यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।
पदाधिकारी छनोटका लागि पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बैठक बसेको थियो। पद बाँडफाँटमा सहमति नजुटेपछि अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम घोषणा गर्न सकेनन्। बैठक स्थगित गरेर गोरखातिर लागेका थिए ।
प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने बताए ।
