- तेस्राे आँखा डेस्क
काठमाडौं, २५। नेपाली कांग्रेसको सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापित गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।
सभापति पदमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।
यस्तै, निर्वाचन समितिकाअनुसार सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी यस्तै, सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
