काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पदाधिकारी तथा स्थायी कमिटीलाई पूर्णता दिन दिउँसो १ बजेको लागि बोलाइएको बैठक केहि समय अघि सुरु भएको हाे ।
बैठकले पदाधिकारीको विषय टुंग्याइने बताइएकाे छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएपछि आज पुन: बैठक बसकाे हाे ।
प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने बताएका छन्।
