राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिए पौडेल, कोइराला परिवारमा पनि विभाजन

राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिए पौडेल, कोइराला परिवारमा पनि विभाजन


  • 7.6K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    राजनीतिक प्रतिस्पर्धाबाट बाहिरिए पौडेल, कोइराला परिवारमा पनि विभाजन
    • तेस्रो आँखा/न्युज कारखाना 

    काठमाडौं, २५ मंसिर । महाधिवेशनको उदघाटन सत्रसम्म सभापतिको उम्मेदवार बन्ने चर्चामा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

    images

    १४औं महाधिवेशनमा केन्द्रीय नेतृत्वमा संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान नछाडेपछि पौडेलले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।

    आफ्नो निवासमा शनिबार बिहान कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी हुने तर कुनै पनि पदमा उम्मेदवारी नदिने बताए । त्यस अवसरमा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थिति थिए । 

    संस्थापन इतर पक्षबाट सहमतिमा सभापतिको साझा उम्मेदवारीका लागि अनेक प्रयत्न गरे पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नो समर्थन कता हुने भन्ने कुरा भने चाहिँ खुलाएनन् ।

    भेटमा ८१ वर्षे नेता पौडेलले अहिलेसम्म आफूले नेता/कार्यकर्ताको संरक्षण गर्दै आएको बताए । उनले आजदेखि तपाईंहरू आ-आफ्नो संरक्षण गर्नुहोस्, म अब राजनीतिक प्रतिस्पर्धा रहिनँ भने ।

    यसैबीच, कोइराला परिवारमा पनि विभाजन भएको छ । केही अघिसम्म सुजाता कोइराला, डा. शशांक कोइराला र डा. शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए ।

    कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दर्ता गराउने भएकी छन् । केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ । अन्य पदाधिकारीमा भने टुंगो लागि सकेको छैन ।

    संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुंगो लगाउने भएको छ । 

    उता, डा. शेखर कोइराला समूहले भने गगन थापा र डा. मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।


    तेस्रो आँखा