माओवादीमा २१ सदस्यीय पदाधिकारी रहने  प्रचण्डको प्रस्ताव, देव गुरुङ महासचिव

माओवादीमा २१ सदस्यीय पदाधिकारी रहने  प्रचण्डको प्रस्ताव, देव गुरुङ महासचिव


  • 5.5K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    माओवादीमा २१ सदस्यीय पदाधिकारी रहने  प्रचण्डको प्रस्ताव,  देव गुरुङ महासचिव

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेका छन् । 

    images

    शनिबार पार्टीकाे स्थायी समिती बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन् । यस्तै, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादवर हरिबोल गजुरेलको नाम प्रस्ताव गरेका छन् ।

    सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे र डिलाराम आचार्यको नाम प्रस्ताव गरिएको छ । कोषाध्यक्षमा भने प्रचण्डले राम कार्कीको नाम प्रस्ताव गरेका छन् । पार्टीमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने प्रस्ताव उनले गरेका हुन् । 

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप