माओवादी केन्द्रको पदाधिकारीमा प्रचण्डले प्रस्ताव गरेको नाम पारित

माओवादी केन्द्रको पदाधिकारीमा प्रचण्डले प्रस्ताव गरेको नाम पारित


  • 6.0K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    माओवादी केन्द्रको पदाधिकारीमा प्रचण्डले प्रस्ताव गरेको नाम पारित

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठकले २० जना पदाधिकारी चयन गरेको छ । शनिबार पार्टी कार्यालय पेरिशडाँडामा बसेको स्थायी समिती बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  २० जना पदाधिकारी प्रस्‍ताव गरेका थिए। सो प्रस्ताव पारित भएको एक नेताले जानकारी दिए। 

    images

    माओवादी केन्द्रको महासचिवमा देव गुरूङ चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन्। यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ। 

    दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिव चयन भएका छन्।  कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको छ। यो बैठकले पारित गरेको निर्णय केन्द्रीय समितिको बैठकले पारित गर्नेछ। 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप