माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति 

माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति 


  • 5.5K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    माओवादीको घोषणापत्र बनाउन १७ सदस्यीय समिति 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

    images

    उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल रहेका छन् । 
    यस्तै नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुङ्गाना र जगत् सिम्खडा सदस्य रहेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको उपाध्यक्ष महराले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # घोषणापत्र

  • तेस्रो आँखा
    लेखकबाट थप