नेकपा (एकीकृत समाजवादी) काठमाडौँको अध्यक्षमा एलपी श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) काठमाडौँको अध्यक्षमा एलपी श्रेष्ठ


  • 5.2K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    नेकपा (एकीकृत समाजवादी) काठमाडौँको अध्यक्षमा  एलपी श्रेष्ठ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ चयन भएका छन् । 
    यहाँ आज आयोजित पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो । बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बतए । गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै उनले मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो रहेको बताए । 

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले न्यायपूर्ण समाज तथा समानता र सहअस्तित्वको समाज कायम गर्ने समाजवादको उद्देश्य रहेको प्रष्ट पारे । मुलुकमा युवा वेरोजगारी अन्त्य गर्न सीपयुक्त जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले त्यसले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे ।