• ट्रेण्डिङ्ग :
यी हुन् माओवादी केन्द्रका २१ सदस्यीय पदाधिकारी (नामसहित)

यी हुन् माओवादी केन्द्रका २१ सदस्यीय पदाधिकारी (नामसहित)


  • 9.8K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    यी हुन् माओवादी केन्द्रका २१ सदस्यीय पदाधिकारी (नामसहित)

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिबार २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ ।

    images

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै परेकी छन् ।

    महासचिवमा देव गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा चयन भएका छन् ।

    यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् ।

    सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

    विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको उपाध्यक्ष कृष्णबहादुर महराले बताए । तर विशेष महाधिवेशन कहिले गर्ने भन्नेबारे यकिन नभएको उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # माओबादी केन्द्र
  • # पदाधिकारी

  • तेस्रो आँखा
    लेखकबाट थप