‘रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढि’ 

‘रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढि’ 


  • 6.2K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    ‘रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढि’ 

    तेस्रोआँखा डेस्क
    काठमाडौँ, मंसिर २५ ।
    आफ्नो समुहमा सहमती नजुटेपछि संस्थापन इतरको नेतृत्व गर्दै आएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सभापति पदको उम्मेदवार नबन्ने सम्भावना देखिएको छ । उनले यसबारेमा आधिकारीक निर्णय गरिनसकेको भएपनि उनले उम्मेदवारी दिने सम्भावना कम रहेको उनि पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए । ति सदस्यका अनुसार पौडेलले संस्थापन इतर समुहबाट सभापतिमा आफ्नो एकल उम्मेदवारी रहोस् भन्ने चाहेका थिए । तर उनलाई एकल उम्मेदवार ‘बन्न नदिने खेल’ खेलिएको पछि उनि सभापतिको रेसबाट बाहिरिने सम्भावना बढेर गएको ति केन्द्रीय सदस्यले बताए । ‘उहाँले उम्मेदवारी दिने मन गर्नुभएको हो, तर उहाँलाई उम्मेदवार बन्न नदिनका लागि खेल भैरहेका छन्,’ ति केन्द्रीय सदस्यले भने ‘फलत ः उहाँ अब सभापतिको रेसबाटै बाहिरिने सम्भावना बढेको छ ।’ 
    आँफू सभापतिको रेसबाट बाहिरिएपछि उनले कसलाई सहयोग गर्ने ? भन्ने चासोको बिषय बनेको छ । आफ्नै समुहका शेखर कोइराला र प्रकाशमान श्रेष्ठ सभापतिमा भिड्न थालेपछि पौडेलले आफ्नै समुहका एक नेतालाई सहयोग गरेर अघि बढ्नु पर्ने बाध्यता आईपर्ने छ ।   

    images

     


    तेस्रो आँखा