खाँण र शर्मा ब्याक, महामन्त्रीमा गगनलाई झन सहज

खाँण र शर्मा ब्याक, महामन्त्रीमा गगनलाई झन सहज


  • 6.7K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    खाँण र शर्मा ब्याक, महामन्त्रीमा गगनलाई झन सहज


    तेस्रोआँखा
    काठमाडौँ,मंसिर २५ । 
    महामन्त्री पदमा संस्थापन पक्षबाट बालकृष्ण खाँण र प्रवक्ता बिश्वप्रकाश शर्मा बाहिरिएपछि गगन थापालाई सहज जीतको सम्भावना बढेर गएको छ । त्यसोत, थापा संस्थापन इतरबाट महामन्त्रीमा निर्वाचित हुने आँकलन कांग्रेसबृत्तमा गरिएकै थियो । तर संस्थापन पक्षका प्रभाव राख्न सक्ने नेताहरु खाँण र शर्मा महामन्त्रीको रेसबाटै बाहिरिएपछि थापाको प्रभाव झनै बलियो बनेको उनि निकटस्थ नेताहरु बताउँछन् । ‘गगन थापालाई संस्थापन पक्षका खाँण र शर्मा महामन्त्रीको रेसबाट बाहिरिएपछि चुनाव जित्नका लागि झनै सहज भएको छ,’ एक नेताले भने ‘अब गगनको एकल प्रभाव महामन्त्रीमा देखिने भयो नै ।’ संस्थापन पक्षबाट प्रकाशशरण महत र प्रदीप पौडेललाई महामन्त्रीमा लडाउने तयारी भएको छ । 

    images


    तेस्रो आँखा