• ट्रेण्डिङ्ग :
सम्झनामा प्रदिप गिरीः वरिष्ठ समाजवादी चिन्तक, नेपाली राजनीतिमा गहिरो अभाव

सम्झनामा प्रदिप गिरीः वरिष्ठ समाजवादी चिन्तक, नेपाली राजनीतिमा गहिरो अभाव


  • 4.4K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    सम्झनामा प्रदिप गिरीः वरिष्ठ समाजवादी चिन्तक, नेपाली राजनीतिमा गहिरो अभाव

    काठमाडौ । शिर्ष नेताहरुले नेपाली कांग्रेसका नेता एबम् सांसद प्रदिप गिरिको निधनले नेपाली राजनीतिमा गहिरो अभाव भएको प्रतिृकया दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रदीप गिरिको निधनको निकै स्तब्ध बनाएको बताएका छन् । गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाले बताएका हुन् ।

    images

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेता गिरिको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

    गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति भएको प्रचण्डले जनाएका छन् ।‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ ।’ प्रचण्डले भनेका छन् ’गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती निधन भएको थियो ।