काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर चारमा हुने संघीय र प्रदेश सभा निर्वाचनमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल गर्न सोमबार बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई बोलाएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको बताइएको छ ।
