तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २५ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला केन्द्रीय सदस्यको मात्रै उम्मेदवार बन्ने भएका छन् । उनि निकटस्थ एक नेताका अनुसार कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । सभापति शेरबहादुर देउवाले उनलाई आफ्नो समुहबाट उपसभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए । तर कोइरालाले सभापति देउवाको प्रसताव अस्वीकार गरेका छन् । ‘कोइरालाले सभापतिको प्रसताव अस्वीकार गर्नुभएको छ,’ कोइराला निकट स्रोतले भन्यो ‘उहाँले अब केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुहुने छ ।’
