एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने

एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने


  • 7.3K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

    images

    पार्टीका जनवर्गीय सङ्गठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्ने छन् । करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा सङ्गठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा सङ्गठन विस्तार गर्ने क्रममा छ । नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही नेता तथा कार्यकर्ताले विद्रोह गरी उक्त पार्टी स्थापना गरिएको थियो ।

    पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समय तालिका तय गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्ने जनाएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र निर्णय गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # नेकपा एकिकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप