काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले तीनकुने सुविधानगरमा नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याइएको सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष डा. भट्टराईले कार्यालय परिसरमा खिचेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने चर्चा भइरहेका बेला भट्टराईले पार्टी कार्यालय पनि पेरिसडाँडाँस्थित माओवादीको पार्टी कार्यालय नजिकै सञ्चालनमा ल्याएका हुन् । मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा ल्याएको जनाइएको छ ।
