प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भदौ १३ गते बस्ने

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भदौ १३ गते बस्ने


  • 6.4K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भदौ १३ गते बस्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताको लागि स्थगित गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको हो ।

    images

    आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप