काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेश संरचना खारेजीको एजेन्डा लिएर आगामी मंसिर चारको निर्वाचनमा जाने बताएको छ ।
मंगलबार सुनसरीको इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संघीय र प्रदेश सभाको निर्वाचनमा प्रदेश संरचना खारेजीको एजेन्डा लिएर जाने बताएका हुन् । थापाले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्रीको एजेन्डा पनि लिएर निर्वाचनमा जाने बताए ।
देशले आर्थिकभार धान्नै नसक्ने अवस्थामा पुगेको बताएका उनले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्दै गएको तर्क गरे। चुनावमा गठबन्धन गर्न अन्य राजनीतिक दलसँग छलफल चलिरहेको बताउँदै अध्यक्ष थापाले नेकपा एमालेसँग सकारात्मक कुरा भएको बताए ।
