• ट्रेण्डिङ्ग :
सप्तरीबाट पेस्तोल बरामद

सप्तरीबाट पेस्तोल बरामद


  • 8.2K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    सप्तरीबाट पेस्तोल बरामद

    सप्तरी । सप्तरीबाट आज एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद भएको छ ।

    images

    सप्तरीको राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

    यस्तै जेठ ५ गते सप्तरीको हनुमाननगर कङ्कालिनीनगरपालिका–१ भारदहस्थित कोसी नदीको किनारबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित सोही ठाउँका २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको थियो । प्रहरीले सुरक्षाको प्रत्याभूति गर्न विशेष जाँच अभियान चलाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप