गोरखामा तिजको दर खाएका एउटै गाउँका एकसयभन्दा बढी बिरामी

गोरखामा तिजको दर खाएका एउटै गाउँका एकसयभन्दा बढी बिरामी


  • 5.7K
    SHARES
    • भाद्र ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    गोरखामा तिजको दर खाएका एउटै गाउँका एकसयभन्दा बढी बिरामी

    काठमाडौं । गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७  मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् । 

    images

    वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।”

    स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए। बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए।

    बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए । बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उनले भने ।

  • सम्बन्धित विषय:

  • # गाेरखा

  • तेस्रो आँखा
    लेखकबाट थप