काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंको भवनको नक्सा पास नभेटिएको भन्दै नक्सा पास भएको विवरण पठाउन पत्र लेखेको छ ।
महानगरले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन पत्र लेखेको हो । ’हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं ।’ काठमाडौं महानगरले भनेको छ ।
बुधबार सुन्धारास्थित काठमाडौं मल र न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना सबै हटाउने बताएका छन् ।
