ह्‌वात्तै बढ्यो मुख्यमन्त्री, मन्त्री र सांसदहरूको तलब

ह्‌वात्तै बढ्यो मुख्यमन्त्री, मन्त्री र सांसदहरूको तलब


  • 6.4K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    ह्‌वात्तै बढ्यो मुख्यमन्त्री, मन्त्री र सांसदहरूको तलब

    धनुषा । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवा-सुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन् ।

    images

    आर्थिक संकट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेका हुन् ।

    मन्त्रिपरिषद् बैठकको निर्णयानुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष तथा सदस्यको तलबमा दुई हजार रुपैयाँका दरले वृद्धि गरिएको छ ।

    मुख्यमन्त्री र मन्त्रीका पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची (१) को १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार थप गर्ने र सवारी इन्धनको एकाइ दरमा ‘लिटर’ शब्दको पछाडि ‘प्रतिमोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरिएको हो । कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको र जसअनुसार अब मधेस प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार नौसय ७० रुपैयाँ तलब पाउनेछन् ।

    त्यस्तै मन्त्रीले ५९ हजार सात सय ८० रुपैयाँ, राज्यमन्त्रीले ५८ हजार चार सय ९० रुपैयाँ र सहायकमन्त्रीले ५५ हजार रुपैयाँ तलब पाउने भएका छन् । मुख्यमन्त्रीलाई विगतमा प्रतिमहिना तीन सय लिटर इन्धन प्रदान गर्दै आएकामा अब प्रतिगाडी तीन सय लिटर इन्धन पाउनेगरी मन्त्रिपरिषद्‌बाट निर्णय गरिएका छन् । यसअघि मन्त्रीले प्रतिमहिना दुई सय ५०, राज्यमन्त्रीले दुई सय २५ र सहायक मन्त्रीले २०० लिटर सवारी इन्धन पाउँदै आएका थिए ।

    उता प्रदेशसभाका पदाधिकारी र सांसदको समेत दुई हजार रुपैयाँ तलब र सेवा-सुविधा वृद्धि भएको छ ।