काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले र धरान उपमहानगरको मेयर हर्क साम्पाङ सहभागी भएर वृक्षारोपण गरेका छन् ।
शुक्रबार बिहान विराटनगर पुगेका प्रचण्डले मेयर साम्पाङको वृक्षारोपण अभियानमा विरुवा रोपेर साथ दिएका हुन् । प्रचण्ड धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन्।
त्यसअघि उनी सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन्। विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भएका थिए ।


