ओलीद्वारा केन्द्रीय कमिटीमा प्रतिवेदन पेस, वैवाहिक अंगीकृतलाई निश्चित समयमा नागरिकता दिनुपर्ने उल्लेख

ओलीद्वारा केन्द्रीय कमिटीमा प्रतिवेदन पेस, वैवाहिक अंगीकृतलाई निश्चित समयमा नागरिकता दिनुपर्ने उल्लेख


  • 7.9K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    ओलीद्वारा केन्द्रीय कमिटीमा प्रतिवेदन पेस, वैवाहिक अंगीकृतलाई निश्चित समयमा नागरिकता दिनुपर्ने उल्लेख

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

    images

    शुक्रबारदेखि सुरु भएको बैठकमा ओलीले नागरिकता विधेयकबारे ६ बुँदे धारणा अघि सारेका छन् । ओलीले पेस गरेको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

    नागरिकताताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने र संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्वन्धित समितिमा यससम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनुपर्ने प्रतवेदनमा उल्लेख छ । 

    एमालेले लैगिक समानता, आमाको आत्मसम्मान, आमाको नामबाट नागरिककता पाउने संवैधानिक प्रबन्धनको कार्यान्वयन लगायतका प्रश्नमा राष्ट्रपतिले उठाएका प्रश्नमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिइएको छ । गैरआवासीय नेपालीहरूलाई संविधानको भावना बमोजिम आर्थिक, सामाजिक सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गरिनुपर्ने ओलीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप