बालेनको अर्को कदम : राहदानी विभागका अवैध संरचनामा पनि डोजर चलाउने

बालेनको अर्को कदम : राहदानी विभागका अवैध संरचनामा पनि डोजर चलाउने


  • 6.7K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    बालेनको अर्को कदम : राहदानी विभागका अवैध संरचनामा पनि डोजर चलाउने

    काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र विभिन्न महत्त्वपूर्ण ठाउँमा बनेका अवैध संरचना हटाउने कामलाई मेयर बालेन्द्र शाहले तीव्रता दिइरहेका छन् । गत सोमबार मात्रै बानेश्वर क्षेत्रका केही अबैध संरचना भत्काएका शाहले एकपछि अर्को ठाउँका संरचना भत्काउँदै गएका हुन् । 

    images


    अवैध संरचना भत्काएसँगै उनको कदमलाई अधिकांशले स्वागत गरेका छन् ।  व्यापारी तथा कम्प्लेक्स धनी भने उनीसँग आक्रोशित भएको बुझिएको छ । मेयर बालेन्द्रले आज (शुक्रबार) भने त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरका अवैध संरचना पनि सोच बनाउँदैछन् । विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिएका हुन् । 


    दुई–तीन पटकसम्म पार्किङ एरिया खाली गराउन चिठी पठाए पनि विभागले अटेर गरेको महानगरपालिकाले जनाएको छ ।राहदानी विभाग परिसरको मापदण्डबाहिरको ठाउँ अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीलाई पार्किङका लागि असुविधा हुँदै आएको थियो ।

    विभागले अटेर गरेपछि महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराउने मस्थिति बनाएको बुझिएको छ ।   
    राहदानी विभागको ठाउँ खालि गराउने काममा आज भने बालेन आफैं भने फिल्डमा उत्रिएनन् । पार्किङ खाली गराउन भन्दै नगर प्रहरी खटिएका थिए । तर यो समाचार तयार पारुन्जेलसम्म संरचना नभत्काइएको बुभिएको छ ।