काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नौ समूहमा विभाजन गरेर छलफल गरिने भएको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनलाई नौ समूहमा विभाजन गरेर छलफल गरिने भएको हो ।
बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको एमालेका एक नेताले जानकारी दिए ।
