राष्ट्रपतिद्वारा ठेंचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा ठेंचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण


  • 4.6K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    राष्ट्रपतिद्वारा ठेंचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण

    ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ठेंचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गरेकी छन् । ठेंचोमा हाल सञ्चालन भइरहेको १२ वर्षे जात्राअन्तर्गत भवानी मन्दिरमा एकमहिना ताल्चा लगाउने परम्परा छ । महिना दिनपछि बिहीबार मन्दिर खोलेपछि राष्ट्रपति भण्डारीले फूल तथा प्रसाद ग्रहण गरेको मान्दिर गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।

    images

    गत साउन १० गते गठेमंगल अर्थात् गठामूग चर्‍हेका दिनदेखि हाल ठेंचोमा नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा सञ्चालन भइरहेको छ । सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै बिहीबार ‘यें पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो । सो जात्रा सञ्चालन भएदेखि नै राष्ट्र प्रमुखलाई प्रसाद पुर्‍याउन जाने चलन रहेको गुठीका पुजारी मालीले बताए । 

    नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास गएको गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।