काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज र भोलिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । यो परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउनेछन् ।
२०७८ को एसईईमा सहभागी नियमित परीक्षातर्फका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।
