एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि समूहगत प्रस्तुति सुरु

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि समूहगत प्रस्तुति सुरु


  • 7.1K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि समूहगत प्रस्तुति सुरु

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।

    images

    एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताए । हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष  भइरहेको छ । 

    समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप