• ट्रेण्डिङ्ग :
साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा


  • 5.9K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    साफ महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

    काठमाडौं । दशरथ रंगशालामा यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

    images

    टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । समूह बी मा रहेको नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग खेल्नेछ । प्रशिक्षक थापाले तीन नयाँ खेलाडी प्रतिभावान रहेको र टिमको तयारी राम्रो भएको बताए ।

    प्रतियोगिता नजिकिंदै जाँदा नेपाली टिमको कप्तान भने अझै घोषणा गरिएको छैन । यसअघिकी कप्तान रेनुका नगरकोटी घाइते भएर टिममा नहुँदा नयाँ कप्तान बनाउनुपर्ने भएको हो । प्रशिक्षक थापाले प्राविधिक कमिटी बसेर केही दिनमा कप्तान चयन गर्ने जानकारी दिए।

    नेपाली टिम :

    गोलकिपर : एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ

    रक्षक : हिराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक

    मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

    फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप

  • तेस्रो आँखा
    लेखकबाट थप